नेपालमा कोभिडमा सहयोग गर्न संकलित रकमको लाइभ अपडेट हेर्न मिल्ने

टेक्सास, अमेरिका । नेपालका लागि कोरोना महामारी विरुद्ध लड्न विभिन्न सामाजिक संस्थाहरुले सामाजिक संजाल मार्फत उठाइरहेको सहयोगलाई एकै ठाऊंवाट हेर्न र सहयोग समेत गर्न मिल्ने गरी उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा)मा रहेका नेपालीहरुको संस्था अशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)ले आफ्नो वेबसाइट (https://ana1983.org)मा कोभिड अपडेट थप गरेको छ । गोफण्डमी र फेसबुक फण्ड रेजर आर्थिक संकलनसंग आफ्नो संस्थाको वेबसाइटलाई समन्वय गरी लाइभ हेर्न मिल्ने वनाइएको जानकारी संस्थाका अध्यक्ष विजयराज भट्टराईले गराउनुभयो।

एएनएले आफ्नो वेबसाइटको होमपेजमा आर्थिक संकलनको लाइभ अपडेट हुनेगरी थपिएको हो। संस्थाका अध्यक्ष भट्टराई आफैमा कम्प्युटर इन्जिनियर हुन साथै प्राविधिक क्षेत्रका बिज्ञ मानिन्छन।

नेपालमा बढ्दो कोभिडको प्रभावसंगै विदेशबाट सरसहयोग गर्ने क्रम तीब्र भइरहेको समयमा व्यक्ति तथा सामाजिक संघ संस्थाहरुले संकलन गरेको रकम कहाँ, कति र कसरी खर्च गरिएको जानकारी गराउंदा डुप्लिकेट इफोर्ट नहुने उद्देश्यले यो फिचर थपिएको जानकारी वेबसाइटमा गराइएको छ।

नेपालमा सहयोग अझ प्रभावकारी हुने साथै दाताहरुको निमित्त पारदर्शी समेत रहने हुनाले सवै आर्थिक संकलन कर्ताहरुलाई सो वेबसाइटको डिस्कशन एण्ड अपडेट कमेन्ट मार्फत जानकारी गराउन समेत एएनएले अनुरोध समेत गरेको छ। गत दुइ हप्तादेखि हालसम्म बिभिन्न सार्वजनिक र आन्तरिक रुपमा गरेर कम्तिमा पनि पाँच लाख डलरभन्दा बढी आर्थिक सहयोग अमेरिकी नेपालीहरुद्वारा नेपालको निमित्त संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्