जसपा स्थापनाको एक वर्ष, भित्र-वाहिर आंधीवेहरी

काठमाडौं । सत्ताको चावी लिएर वसेको जनता समाजवादी पार्टी गठन भएको एक वर्ष वितेको छ तर यो एक वर्षमा सो पार्टी यथार्थमा एक हुन सकेको छैन ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. वावुराम भट्टराईले आज ट्वीट गर्दै पार्टीलाई भित्री-वाहिरी आंधीवेहरीवाट रक्षा गर्नुपर्ने अवस्था आएको संकेत गरेका छन् ।

पार्टी स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै नेता भट्टराइले भनेका छन्, हिमाल, पहाड, तराइ जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सवैभित्री वाहिरी आंधीवेहरीवाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्यायौ ।

नेता भट्टराईले नेतृत्वदायी स्थानमा पुर्याउन भनी गरेको संकेत भनेको यो संकटको क्षणमा आफ्नो पार्टीले प्रधानमन्त्रीमा दावी गर्नुपर्ने भन्ने सहज अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्