एमालेको भविश्य आजको वैठकमा निर्भर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नेकपा (एमाले) को भविश्य आज वस्ने दशौं महाधिवेशन आयोजक समितिको निर्णयमा निर्भर हुनेछ ।

यो वैठकले नेता माधवकुमार नेपाल लगायतका असन्तुष्ट पक्षका नेताहरुमाथि कारवाही अगाडि वढायो भने पार्टी औपचारिक रुपमा फुटतर्फ केन्द्रित हुनेछ तर पार्टी एकतालाई वचाउने नीति लिएर कारवाही नगरी एकताको वाटो अवलम्वन गर्यो भने सहमति हुन सक्ने आधारहरु भने पर्याप्त रहेका छन् ।

एमाले अध्यक्ष ओलीले विहीवार नेता माधवकुमार नेपाल र नेता वामदेव गौतमसंग भएका छुट्टाछुट्टै वार्तामा व्यक्त गरेका अडानलाई कायम राखेभने एमाले अव एक रुपमा अगाडि जान नसक्ने अवस्थामा पुग्ने भएको छ ।

एमालेको असन्तुष्ट पक्षको एउटै माग रहेको छ, नेकपा माओवादी केन्द्रसंग एकता हुनु अगाडिको अवस्थामा नै पार्टीलाई फर्काउने तर अध्यक्ष ओली यसमा सहमत हुन सकेका छैनन् ।

माओवादी केन्द्र छाडेर एमालेमा आएका नेताहरुलाई जिम्मेवारी दिने र पार्टीमा थप गरिएका पदाधिकारीहरुलाई हटाउने विषयमा ओलीले अडान राख्दा सहमति हुन सकेको छैन ।

ओलीले असहमत पक्षलाई पार्टीको समानान्तर कमिटी चलाएकोमा डण्डा चलाउंछन् वा दिमाग ठण्डा वनाएर सहमति खोज्छन्, आजको वैठकले एउटा तस्विर प्रस्तुत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्