राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य रामवहादुर थापा वादललाई सांसदवाट पदमुक्त गरेपछि सो स्थानमा निर्वाचन गराउन निर्वाचन आयोगले प्रकृया सुरु गरेको छ ।

निर्वाचन आयोगले आज एक सुचना प्रकाशित गर्दै जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि वैशाख १४ गतेभित्र दल दर्ता गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

सांसदवाट पदमुक्त भएपछि मन्त्रीवाट समेत स्वत पदमुक्त भएका गृहमन्त्री समेत रहेका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा पुन नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्