एमालेको माधवपक्षले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेर सरकारका पक्षमा मतदान गरेपछि महेन्द्रवहादुर शाहीले नेतृत्व गरेको सरकार जोगिएको छ।

सत्तासाझेदारी गरिरहेको नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहीले प्रदेश सभामा विश्वासको मत मागेका थिए ।

मुख्यमन्त्री शाहीको सरकारका पक्षमा नेपाली कांग्रेस र एमालेको माधवकुमार नेपाल पक्षले मतदान गरेका थिए । ३९ सदस्यीय प्रदेश सभामा ३७ सांसद उपस्थित थिए जसमा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ।

प्रतिक्रिया दिनुहोस्