कर्णाली सरकारलाई कांग्रेसले विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रवहादुर शाहीले नेतृत्व गरेको कर्णाली सरकारका पक्षमा नेपाली कांग्रेसले मत दिने भएको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ जनामात्रै सांसद रहेकोले कांग्रेसको समर्थन पाउंदा पनि सरकार जोगिने संभावना भने छैन ।

सत्तामा साझेदारी गरिरहेको नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले अहिले प्रदेश सभामा विश्वासको मत मागिरहेका छन् ।

३९ सदस्यीय प्रदेश सभामा वहुमत पुर्याउन २० मत चाहिनेमा नेकपा माओवादी केन्द्रका १२ मत, नेपाली कांग्रेसका ६ मत गर्दा १८ मत मात्रै हुन्छ अरु दुइ मत पुग्दैन । सभामा १ सीट रहेको राप्रपाले तटस्थ वस्ने निर्णय गरेको छ भने एमालेवाट तत्कालै फ्लोर क्रस हुने संभावना देखिएको छैन ।

मुख्यमन्त्री शाहीको सरकारले विश्वासको मत पाएन भने सवैभन्दा ठुलो दलको हैसियतमा नेकपा एमालेले सरकार गठनको प्रकृया सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्