जोनसन एण्ड जोनसनको भ्याक्सिन अमेरिकामा निलम्वित

कोरोनाको विरुद्धमा एउटा डोज मात्रै भ्याक्सिन लगाए पुग्ने भनिएको जोनसन एण्ड जोनसनको भ्याक्सिनलाई अमेरिकाको सीडीसी र एफडीएले केही समयका लागि निलम्वन गरेका छन् ।

सो खोप लगाएका केही मानिसहरुमा रगत जम्ने लक्षण देखिएको भन्दै छानवीनका लागि निलम्वन गरिएको हो ।

अमेरिकामा जोनसन एण्ड जोनसनले सवैभन्दा अन्तिममा अनुमति पाएको थियो ।

कोरोना विरुद्धको सवैभन्दा पहिलो खोप निकाल्ने फाइजर र दोश्रो खोप निकाल्ने मोडर्नाको खोप भने निरन्तर रहिरहनेछन् ।

जोनसन एण्ड जोनसनको पछिल्लो उत्पादनहरु विग्रिएको र अन्य उत्पादनको केमिकलहरुसंग मिसिएको जस्ता समाचार लगातार आइरहंदा यसको विश्वसनीयतामा समेत प्रश्न उठ्दै गएको थियो । यो खोप लिएका केही मानिसहरुमा गम्भीर रियाक्सनहरु देखा परेपछि कतिपय खोप केन्द्रहरुले खोप दिननै स्थगन गर्दै आएका थि

प्रतिक्रिया दिनुहोस्