सरकारले आज कोरोना नियन्त्रणका लागि जनस्वास्थ मापदण्ड जारी गर्ने

काठमाडौं । कोरोना महामारीको दोश्रो लहर फैलिन थालेपछि सरकारले आज जनस्वास्थ सम्वन्धी नयां मापदण्ड जारी गर्न लागेको छ ।

कोरोना महामारीको क्षतिलाई न्युनीकरण गर्ने उदेश्यले जारी गर्न लागिएको मापदण्डमा विशेषत सर्वसाधारणले अपनाउनु पर्ने सचेतता तथा नियमावलीहरुको वारेमा उल्लेख गरिएको हुनेछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ मन्त्री हृदयश त्रिपाठी र सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङलाई साथमा राखेर आज सञ्चार माध्यमहरुवाट प्रत्यक्ष प्रसारणमार्फत मापदण्ड जारी गर्न लागेका छन् ।

यो मापदण्डमा सरकारले गर्ने कार्यहरु र जनस्तरवाट गरिने कार्यहरुलाई विस्तृत रुपमा उल्लेख गर्दै विद्यालय, वजार, पार्टी हल, सार्वजनिक यातायात, रेष्टुरेन्ट लगायत धेरै मानिसहरुको सरोकार रहने स्थलहरुको व्यवस्थापनका विषयमा पनि विशेष उल्लेख हुनेछ ।

सरकारले जारी गर्ने मापदण्ड विशेषत जनतालाई सुशुचित गर्ने प्रकृतिको हुने कुरा सरकारी स्रोतहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्