दोलखामा जीप दुर्घटना हुंदा एकै वडाका चार जनाको मृत्यु, १७ घाइते

सांकेतिक तस्विर

काठमाडौं । दोलखाको सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको सोमवार राति दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा सवै विगु गाऊपालिका वडा नं ३ का वासिन्दा रहेका छन् । मृत्यु हुनेहरुमा ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखा प्रहरीले जनाएको छ ।

सडकवाट डेढ सय मिटर तल जीप खस्दा घाइते भएका १० जनालाई उपचारार्थ काठमाडौं ल्याइएको छ भने अरु घाइतेको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्