नेपालमा कोरोना फेरी भयावह, एक दिनमा १३ को मृत्यु

सांकेतिक तस्विर

काठमाडौं । कोरोनाको महामारी नेपालमा फेरी भयावह वन्ने देखिएको छ । स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण १३ जनाको मृत्यु भएको छ । आजसम्ममा कोरोना संक्रमणको कारण मर्ने नेपालीहरुको संख्या ३ हजार ५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा सोमबार मात्रै ५५९ जना संक्रमित थपिएको उल्लेख गरेको छ । ५ हजार १ सय ५ जनामा परीक्षण गर्दा ५५९ जना संक्रमित फेला परेका हुन् ।

कूल संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

भारतमा कोरोनाको दोश्रो लहर आएसंगै भारतमा कामका लागि पुगेका धेरै नेपालीहरुमा कोरोना संक्रमण भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्