चितवनमा ट्याक्टर दुर्घटनामा पांच मजदुरको मृत्यु

सांकेतिक तस्विर

भरतपुर, चितवन । चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी स्थानीय ११ नंवर वडा कार्यायल निर्माणमा खटिएका पाँच जना मजदुरहरुको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्ती नगरपालिकाको वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा हुंदा कामवाट फर्कदै गरेका १७ जना मजदुरहरुमध्ये पांच जना मजदुरहरुको उपचारको क्रममा निधन भएको हो । अन्य घाइते मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ जसमध्ये अरु ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठको सनाखत भएको र एक युवकको परिचय नखुलेको प्रहरीले वताएको छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्