प्रधानमन्त्री ओलीले धरहराको वैशाख ११ मा उद्घाटन गर्ने

तस्विर : ज्वाला संग्रौला

काठमाडौं । नेपालमा २०७२ सालमा आएको भुकम्पको कारण ढलेको धरहराको पुनर्निमाण लगभग सकिएको छ । संरचना निर्माणको काम लगभग सकिएको धरहराको रंगरोगन गरेर वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भुकम्प प्रतिरोधात्मक यो धरहरालाई निर्माण गर्न करिव ६ वर्षको समय लागेको थियो । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको नेतृत्वमा वनेको धरहराको आसपासमा अन्य संरचनाहरु समेत रहेका छन् ।

अहिले धरहराको मात्रै उद्घाटन गर्न लागिएको हो तर वरीपरीका अन्य संरचनाहरु वनिसक्न केही समय लाग्छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलले जानकारी दिए ।

पहिला ढलेको धरहरामा माथि जान भर्याङ मात्र रहेकोमा यसपालि भने लिफ्ट समेत हालिएको छ । धरहराको टुप्पोमा पुगेर काठमाडौं उपत्यकालाई अवलोकन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्