वेलायतकी रानीका पतिको निधन



बेलायतकी महारानी एलेजावेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ।

बकिङ्हम प्यालेसले आज एक विज्ञप्तिमार्फत ९९ वर्षीय फिलिपको स्थानीय समय अनुसार शुक्रबार विहान निधन भएको जानकारी दिएको छ ।

‘गहिरो दुखका साथ महारानीले आफ्ना प्यारो श्रीमान एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्नुभएको छ’, प्यालेसको विज्ञप्तिमा भनिएको छ।

फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।

फिलिप र एलिजावेथका ४ छोराछोरी थिए। उनीहरूका ८ नाति-नातिनी र १० पनाति-पनातिनी छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप्सको निधनमा दुख व्यक्त गर्दै उनको अदभूत जीवन र कामका लागि राष्ट्रका तर्फबाट धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्