टेक्सासमा गोली हानेर नेपाली रमेश थापाको हत्या

अमेरिकाको टेक्सासमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । टेक्सासको अष्टिनमा वसोवास गर्ने पोखरा साराङ्कोट निवासी रमेश थापालाई उनी वस्ने आवास क्षेत्रमा नै मंगलवार मध्यरातमा गोली प्रहार गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

ग्यांस स्टेशनमा काम गर्ने मृतक थापालाई कामवाट फर्किदै गर्दा आवासीय क्षेत्रमा गोली हानिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । थापाको हत्यामा संलग्न कसैलाई पनि अहिलेसम्म गिरफ्तार गरिएको छैन तर प्रहरीले हत्याराको नजिक पुगिएको जनाएको छ ।

गोली प्रहार गर्नुको उदेश्य डकैति हो वा अन्य भन्ने अझै पनि खुल्न सकेको छैन ।

अमेरिकामा नै रहेका स्वर्गीय थापाका भाइ लक्ष्मण थापाले शवलाई अहिले जांचका लागि अस्पतालमा राखिएको जानकारी दिएको हिमालयखवरले उल्लेख गरेको छ । स्वर्गीय थापा ११ वर्षदेखि अमेरिकामा वसोवास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्