ट्रम्पका दिन गए, एमाजोनका मालिक विश्वका सवैभन्दा धनी

सत्तावाट हटेपनि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समाचारवाट हटेका छैनन । यो पटक उनी समाचार वनेका छन्, सम्पत्ति गुमाएर । कोरोना महामारीका वीचमा पनि अनलाइन विजिनेश गरेर सम्पत्ति जोड्ने एमाजोनका मालिक जेफ वेजोस संसारका धनी मानिसमा कायमै रहेका छन् भने अमेरिकी पूर्व राष्ट्रपटि ट्रम्प अघिल्लो वर्षभन्दा अर्वपतिहरुको सुचिमा अघिल्लो वर्षभन्दा तीनसय स्थान तल झरेका छन् ।

फोर्ब्स म्यागजिनले मंगलबार प्रकाशित गरेको २ हजार २ सय ५५ जना अर्बपति सूचीमा अमेजनका संस्थापक जेफ बेजोस १७७ अर्व डलरका साथ यसपालि पनि सूचीको पहिलो नम्बरमा छन् भने १५१ अर्व डलरका साथमा टेस्लाका मालिका एलन मस्क दोश्रो स्थानमा छन् । पछिल्ला दिनमा टेस्लाको सेयर मुल्यमा गिरावट आएकोले मात्रै वेजोसले यो मौका पाएका हुन् नत्र यसअघि वेजोसलाई मस्कले उछिनेका थिए । गत वर्ष २४ दशमलव ६ अर्ब डलरसहित अर्वपतिको सुचिमा ३१ औं स्थानमा रहेका मस्क यसपालि सोझै नम्बर २ मा पुगेका हुन्।

यसपालि मात्र ४९३ जना अर्बपतिको सूचीमा थपिएकोमा २०५ जना चिनियाँ नागरिक छन् ।

सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा साढे ३ अर्ब डलरको सम्पत्ति भएकोमा ट्रम्पको यो पटक घटेर २ दशमलव ४ अर्ब डलरमा पुगेको छ।

आवासीय क्षेत्र, होटेल र गल्फ रिसोर्टमा धेरै सम्पत्ति गुमाएपछि ट्रम्पको यो अवस्था उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्