म्यानमारमा सेनाको वलप्रयोगमा हालसम्ममा ४३ वालवालिकाको मृत्यु

केही दिनअघि सेनाको गोली लागि निधन भएकी ६ वर्षीया बालिका खिन म्यो चित।

म्यानमारमा सेनाले कु गरेर शासन सत्ता आफ्नो हातमा लिएपछि भएका प्रदर्शन दवाउने क्रममा अहिलेसम्ममा ४३ जना वालवालिकाको ज्यान गएको छ ।

‘सेभ द चिल्ड्रेन’ का अनुसार म्यानमार सेनाले वल प्रयोगलाई वढाउंदै लैजांदा बालकालिका तथा अन्यका लागि पनि अवस्था भयावह हुंदै गएको छ । प्रदर्शनका क्रममा हालसम्म सेनाले ५३६ भन्दा वढी सर्वसाधारणको हत्या गरिसकेको छ ।

सेनाको वल प्रयोगमा मर्ने सवैभन्दा कम उमेरकी ६ वर्षीया वालिका छिन् भने १६ वर्षभन्दा मुनिका १५ जना वालवालिकाको ज्यान गएको छ । एउटा १३ वर्षीय वालकलाई सुरक्षा फौजवाट भागिरहेको अवस्थामा पटक पटक गोली प्रहार गरेर मारिएको थियो भने अर्को १४ वर्षीय किशोरलाई घरभित्रै पटक पटक गोली हानेर हत्या गरिएको थियो ।

सेनाले अहिलेसम्ममा कति वालवालिकालाई घाइते वनायो भन्ने रेकर्ड सेद द चिल्ड्रेनसंग समेत छैन ।

सेभ द चिल्ड्र्रेनले एक वर्षीय वालकलाई समेत आंखामा रवर वुलेटले प्रहार गरेको उल्लेख गरेको छ ।

यो हिंसाको प्रभाव वालवालिकाको मानसिक स्वास्थमा समेत नराम्रो गरी परेको सेभ द चिल्ड्रेनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्