दक्षिणी क्यालिफोर्नियामा भएको गोलीकाण्डमा चारको हत्या, दुइ घाइते

क्यालिफोर्नियाको दक्षिणी भागमा अवस्थित एक व्यापारिक भवनमा गोली प्रहार हुंदा एक वालक सहित चार जनाको निधन भएको छ भने दुइजना घाइते भएका छन् ।

ओरेन्ज प्रहरी विभागका प्रवक्ता जेनिफर अमातलाई उद्धृत गर्दै वासिंगटन पोष्टले स्थानीय समय अनुसार अपरान्ह ५ः३० वजे सो गोलीकाण्ड भएको उल्लेख गरेको छ ।

एक व्यक्तिले सो व्यापारिक भवनमा गोली चलाइरहेको समयमा प्रहरी पुगेपछि दोहोरो गोली हानाहान भएको थियो ।

घाइतेहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ र यो घटनामा अझ धेरै घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

गोली प्रहार गर्ने अभियुक्तलाई पक्राउ गरिएको छ र सो अभियुक्त समेत घाइते भएकोले अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्