फ्रान्सले वनाएका तीनवटा लडाकु विमान भारत पुगे, केही दिनमा नै भारतले २१ वटा लडाकु विमान पुर्याउने

फ्रान्सले वनाएका तीनवटा राफेल लडाकु विमान वुधवार राति भारत अवतरण गरेपछि भारतसंग १४ वटा लडाकु विमान भएका छन् ।

यी लडाकु विमानलाई गुजरातको जामनगर एयरवेसमा अवतरण गराइएको थियो ।

पीटीआइका अनुसार, यी लडाकु विमानहरु गोल्डन एरो स्क्वाड्रनको हिस्सा हुनेछन् ।

फ्रान्सवाट उडेका यी तीन विमानले युएइमा एयरफोर्सको मद्दतले हावामा नै इन्धन भरेपछि भारततर्फको उडान भरेका थिए ।

फ्रान्सवाट अप्रिलमा अरु लडाकु विमानहरु आउने र भारतसंग लगभग २१ वटा लडाकु विमान पुग्ने पीटीआइले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्