वर्माको सैनिक शासक हवाइ आक्रमणमा उत्रियो, मृत्यु हुनेको संख्या ४५९ कट्यो

वर्मामा सेनाले कुु मार्फत सत्ता आफ्नो हातमा लिएपछि सुरु भएको प्रजातान्त्रिक आन्दोलनमा मारिनेको संख्या ४५९ नाघेको छ । आन्दोलनलाई दवाउने नाममा सैनिक शासकले अहिले आन्दोलनकारीहरु माथि हवाइ आक्रमण समेत सुरु गरेको छ ।

वर्माको प्रजातान्त्रिक आन्दोलनलाई नजिकवाट निहालिरहेका पत्रकार दीपक भट्टराईले मर्नेहरुको पछिल्लो तथ्यांक सार्वजनिक गरेका हुन् । दीपक वीवीसीको एक परियोजना अन्तर्गत वर्मामा कार्यरत थिए र सेनाले कु गरेपछि उनको भीसा थप नगरिएको कारण नेपाल फर्किएका छन् तथापि वर्माको आन्दोलनलाई नजिकवाट निहालिरहेका छन् ।

मर्नेहरुको संख्या ४५९ डकुमेन्टेड भएपनि अनडकुमेन्टेड मृत्यु अझ वढी हुन सक्ने उनको अनुमान छ ।

वर्माको सैनिक शासकले हिजो ३६ जनाको हत्या गरेको थियो भने अस्ति ११४ जनाको हत्या गरेको थियो । वर्माको वर्माका सैनिक हिरासतमा अहिलेसम्ममा २ हजार ५५९ जना आन्दोलनकारीलाई राखिएको छ भने ३७ लायलाई जेल सजाय तोकिएको छ ।

वर्मामा सेनाले शासन सत्ता हातमा लिनासाथ धेरै न्यायधिशहरु परिवर्तन गरेर सेनाले भनेको मान्ने न्यायधिशहरुलाई नियुक्ति दिइएको छ ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा सेनाले गाऊगाऊमा हवाइ आक्रमण गरेर ज्यादति गरेपछि थुप्रै मानिसहरु भागेर जंगलमा लुकेर वसेका छन् भने ३ हजारभन्दा वढी वर्मिजहरु शरण लिन थाइल्याण्ड पुगेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्