दीपाश्री निरौला र सरोज खनालको फेसवुक ह्याक


काठमाडौं । कलाकार सरोज खनाल र दीपाश्री निरौलाको फेसवुक ह्याक भएको छ ।

सरोज खनालको फेसवुक ह्याक गरिसकेपछि ह्याकरहरुले दीपाश्रीलाई फसाएका थिए ।

सरोज खनालको फेसवुक एकाउन्टवाट दीपाश्रीलाई टेक्स्ट गरेर वहिनी कहां छेऊ, एक पटक भेट गर्नुछ, यो कोड पठाऊ त भनेर टेक्स्ट आएछ । उनले ह्याकरको टेक्स्टलाई वास्तविक सरोज खनालको टेक्स्ट ठानेर कोड पठाइन र तत्कालै उनको एकाउन्ट पनि ह्याक भयो ।

फेसवुक ह्याक गर्नेहरुको प्रकृति हेर्दा नेपाली ह्याकरहरु नै संलग्न भएको हुन सक्ने आशंका गर्न सकिन्छ ।

दीपाश्री निरौला सहित टिम छक्का पञ्जासंग नजिक सुमन गिरी भाञ्जालाई दीपाश्रीको एकाउन्टवाट टेक्स्ट गरेर भाइ विरामी भयो १ लाख रुपिंया चाहियो भन्नुले पनि ह्याकरहरु नेपाली चलचित्र उद्योगको वारेमा जानकार भएको आशंका गर्न सकिन्छ तथापि ह्याकरहरुले जो सवैभन्दा वढी सम्पर्कमा देखिएको हुन्छ, उसैलाई टेक्स्ट गरेको पनि हुनसक्छ ।

ह्याक गरिएको दीपाश्रीको पेज अहिले पनि सर्च गर्दा देख्न सकिन्छ र पेजमा खास परिवर्तन गरिएको देखिदैन ।

११ घण्टा अगाडि उनको पेजमा एउटा फोटो सहितको पोष्ट गरिएको छ जसमा यु निड मी लेखिएको फोटो छ र टेक्स्टमा मेरो लागि नयां कार्यक्रम खोज्दै ……. लेखिएको छ । यो स्टाटसमा नेपाली भाषाको प्याटर्न नमिलेको देखिएकोले अंग्रेजीलाई नेपालीकरण गरेर हालिएको हुन सक्ने आशंका पनि उत्तिकै छ र यो स्टाटसको लेखाइ हेर्दा भने ह्याकरहरु विदेशी हुन् कि भन्ने पनि देखिन्छ ।

सरोज खनालको एकाउन्टमा पनि ६ घण्टा पहिला एउटा पोष्ट हालिएको छ जसमा भनिएको छ, नीड अ युट्युव च्यानल फर अ डे, जष्ट स्टाटिङ अ व्लग लेखिएको छ ।

सरोज र दीपाश्री दुवैले नेपाल प्रहरीको साइवर क्राइम सेललाई फेसवुक एकाउन्ट ह्याक भएको वारे जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्