एशियन हजुरआमाले मिलियन डलर रंगभेदविरुद्ध लड्न समुदायलाई दिने

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा आफुमाथि आक्रमण गर्न आएका एक श्वेत अमेरिकीलाई प्रत्याक्रमण गरेर घाइते वनाइदिएको कारण चर्चित भएकी ७५ वर्षीय एशियन हजुरआमा जीया जेन जीकाले आफ्नो लागि उठेको सहयोग एशियन अमेरिकन समुदायलाई दिने इच्छा व्यक्त गरेकी छिन् ।

उनको औषधोपचारका लागि नाति जोन चेनले ५० हजारको लक्ष्य राखी उनका नाति गोफण्डमी मार्फत सहयोग अपिल गरिएकोमा १० लाख अमेरिकी डलर जम्मा भएपछि हजुरआमाको इच्छा अनुसार एशियन समुदायलाई हस्तान्तरण गरिने उनका नाति चेनले गोफण्डमा उल्लेख गरेका छन् ।

नाति चेनले आफ्नो हजुरआमा कुनै पनि विभेद सहनु नहुने र मृत्युसम्म पनि विभेद विरुद्ध लड्नुपर्ने पक्षमा रहेको पनि गोफण्डमा उल्लेख गरेका छन् ।

एशियन हजुरआमा जेनले सो सहयोग रंगभेद विरुद्ध लड्नका लागि खर्च गर्न एशियन समुदायलाई दिन लागेको नाति चेनको भनाइ छ ।

हजुरआमा जेनले प्रत्याक्रमण गर्दा घाइते भएको ३९ वर्षीय सो श्वेत अमेरिकीलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो भने जेनको पनि स्वास्थमा क्रम सुधार हुंदै आएको छ । श्वेत अमेरिकीको आक्रमणमा परेर सुन्निएको आंखा र नाक पनि क्रमश ठिक हुंदै गएको छ ।

वाटो काट्न ट्राफिक लाइटमा बाटो काट्न हरियो वत्ती कुरेर वसिरहेको बेलामा त्यो गोराले अचानक जेनलाई आक्रमण गरेको थियो भने जेनले पनि लाठीले प्रहार गरी सो आक्रमणकारीलाई रक्ताम्य वनाएकी थिइन् ।

नाति चेनले सवै परिवारको इच्छा वमोजिम नै रंगभेद विरुद्ध लड्न यो रकम प्रदान गर्न लागिएको जानकारी दिंदै हजुरआमा पनि यो रकम आफुलाई भन्दा पनि एयिशन अमेरिकन समुदायलाई वढी आवश्यक भएको भन्ने पक्षमा रहेको उल्लेख गरेका छन् ।

हजुरआमा अव शारिरीक र मानसिक रुपले सक्षम हुनुभएको छ, चेनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्