विटक्वाइनले टेस्ला किन्न पाइने, विटक्वाइनको शेयर मुल्यमा वृद्धि

टेस्लाका मालिक इलन मस्कले यो पटक क्रिप्टो करेन्सीको भाग्य वदलिदिएका छन् ।

क्रिप्टोकरेन्सी डज क्वाइनलाई उकासेर माथि पुर्याएका इलन मस्कले अहिले लगातार विटक्वाइनको वजार उकासिरहेका छन् जसले विटक्वाइनको शेयर मुल्य वढिरहेको छ ।

इलन मस्कले आज एउटा ट्वीटमार्फत टेस्लाको खरिदमा विटक्वाइन प्रयोग गर्न सकिने उल्लेख गरे जसले विटक्वाइनको शेयरमुल्य उकालो लागिरहेको छ ।

टेस्लाले आफैं पनि गत महिना १ दशमलव ५ विलियन डलरको विटक्वाइन खरिद गरेको थियो जसले विटक्वाइनको शेयर मुल्य वढाइदिएको थियो ।

विटक्वाइनको शेयर मुल्य पछिल्लो छ महिनामा ४ सय प्रतिशतले वढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्