एमाले र जनता समाजवादी पार्टीको सत्ता समिकरण वन्ने सात आधार

जनता समाजवादी पार्टी र एमालेका बीच संभाव्य सत्ता समिकरण अहिलेको अवस्थामा अस्वभाविक मानिन्न। अस्वभाविक मान्नेहरूले केही भ्रम पालेको हुनसक्छ। जस्तो कि :

१. जसपा एक प्रजातान्त्रिक बिचार राख्ने पार्टी हो। कम्युनिष्टसंग कसरी मिल्न सक्छन् ? जसपालाई ‘प्रजातान्त्रिक’ ठान्नु ‘एमाले, माओवादी र काँग्रेस’ लाई समावेशी ठान्नु सरहकै गलत सोच हो।

२. प्रधानमन्त्री केपी शर्मा ओली भारतका बिरोधी हुन् यसर्थ जसपाले ओली सरकारलाई कसरी समर्थन गर्न सक्छ र ? नेपालमा को यस्ता छन्, जसले बास्तवमा भारतको अन्तरमन बुझेको होस् ?

३. जसपा आन्दोलनकारी पार्टी हो। संविधानमा संशोधन यसको बटम लाईन हो। यो भन्दा तल यसले मान्दैन। जबकी, जसपा सत्ताका लागि बनेको पार्टी हो। सत्तामा जानका लागि यसलाई कथित ‘सहमति’को यौटा चिर्कटो मात्र चाहिन्छ।

४. जसपाका लागि ‘सहमति’ को भरपर्दो जस्तो देखिने ‘चिर्कटो’ सत्तामा रहेकाले मात्र दिन सक्छ। ओलीजीको एमालेसंग त्यो सत्ता छ।

५. जसपालाई बाँची खान एकजुट रहनु जरूरी छ। अहिले प्रधानमन्त्री ओलीले चाहेमा जसपालाई टुक्र्याउन सक्नुहुनेछ। जसपा संभाव्य बिभाजनबाट जोगिन चाहन्छ।

६. रेशम चौधरीको रिहाई जसपालाई आवश्यक छ। गौरकाण्ड, अख्तियार वा अरूबाट उन्मुक्ति पनि यसका ‘धरोहरहरू’का लागि अत्यावश्यक छ। यो काम प्रम ओलीजीको सदाशयताबाट मात्र संभव छ। देउवाजीको हकमा संभव भए झैं।

७. मधेसमा जसपा र काँग्रेसको जनाधार लगभग एउटै प्रकारको रहेको छ। यसमा बेला मौकामा ‘मुम्बई शेयर बजारको दर’ झैं थोरै तल माथी भैरहन्छ। यसमा जसपा ‘ग्लेशीयर स्लाईडिंग’ चाहदैन। एमाले वा माओवादीलाई जसपाले कुनै पनि बेला ‘मधेसीका शत्रु’ भनेर छेउ किनारा लगाउन सकिन्छ भन्ने उसको सोच देखिन्छ।

यसर्थ, यदि जसपा र एमाले सत्ता समिकरण भए वित्थामा किन चिन्तित हुनु ? तर, हेरौ अगाडी के हुन्छ ? म त्यसको ठिक प्रक्षेपण गर्दिन।

(पूर्वमन्त्री जयप्रकाश आनन्दको फेसवुकवाट )

प्रतिक्रिया दिनुहोस्