नेपाली कीर्तिमानधारी उज्जल ठकुरीको अर्को कीर्तिमान

डिसी । नौवटा विश्व कीर्तिमान कायम गर्न सफल नेपाली कराते खेलाडी उज्जल ठकुरीले पाकिस्तानी विश्व कीर्तिमानधारी मोहम्मद रसिदले वनाएको रेकर्ड व्रेक गरिदिएर पुन कीर्तिमान कायम गरेका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा करिव दुई दशकदेखि बस्दै आएका खेलाडी ठकुरीले पाकिस्तानका लागि ३० वटा कीर्तिमान वनाएका मोहम्मद रसिदले वनाएको रेकर्ड व्रेक गरिदिएका हुन् ।

अघिल्लो महिना मात्रै भारतीय कीर्तिमानधारीको रेकर्डलाई व्रेक गरेका ठकुरीले पाकिस्तान एकेडेमी अफ मार्सल आर्टका प्रमुख रसिदका दुइवटा रेकर्ड खोसिसकेका छन् ।

पाकिस्तानमा वु्रस्लीको रुपमा चिनिने रसिदलाई धेरै पाकिस्तानीहरुले ‘खुदा’ को रुपमा मान्छन् ।

ठकुरीले यो उपाधि खुट्टामा ५ केजी वजन वांधेर ४ फिटमाथि राखिएको किक प्याडमा १ मिनेटमा ८३ चोटी घुंंडा प्रहार गरेर प्राप्त गरेका हुन्, यसअघि रसिदले एक मिनेटमा ७८ पटक प्रहार गरेर यो रेकर्ड कायम गरेका थिए । पाकिस्तानी खेलाडी रसिदले यो रेकर्ड कायम गर्नु अघि यो रेकर्ड भारतीय तेक्वान्दो खेलाडी बडे साईले १ मिनेटमा ५५ चोटी प्रहार गरी सन् २०१७ मा वनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्