‘वुम्वल डेटिङ एप’ले वनाएकी स्वनिर्मित कान्छी अर्वपति

वुम्वल नामक डेटिङ एपले ३१ वर्षीय ह्विट्नी वुल्फको जीन्दगी वदलिदिएको छ ।

फेवु्रअरी ११ मा मात्रै सेयर वजारमा सुचिकृत भएको वुम्वलको अहिले प्रति शेयर मुल्य ६८ दशमलव १६ डलर रहेको छ जहां प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेकी संस्थापक ह्विट्नीको हिस्सा १२ प्रतिशत अथवा २१ दशमलव ५४ मिलियन सेयर रहेका छन् ।

विहीवार सांझ सेयर वजार वन्द हुंदा वुम्वलको मुल्य प्रति सेयर ७० दशमलव ७७ डलर रहेको थियो जसअनुसार उनको कुल सम्पत्ति १ दशमलव ५ विलियन डलर पुगेको थियो ।

ह्विट्नीले सवैभन्दा कान्छो स्वनिर्मित अर्वपति वन्ने रेकर्ड मात्रै वनाएकी छैनन्, उनले त पव्लिक सेयर भएको संस्थामा सवैभन्दा सानो उमेरमा अमेरिकामा सिइओ वन्ने महिलाको रेकर्ड समेत वनाएकी छिन् ।

वम्वल सेयर वजारमा गएको ठुलो दोश्रो डेटिङ एप हो, यसअघि म्याचिङ डटकम सन २०१५ मा शेयर मार्केटमा आएको थियो । म्याचिङ डटकमको स्वामित्व भएको प्यारेन्ट म्याच गु्रपले वुम्वललाई सन् २०१७ मा ४५० मिलियन डलरमा किन्न प्रस्ताव गरेको थियो तर यो निश्कर्षमा पुग्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्