नीलम कार्की निहारिकाको उपन्यास ‘द्रौपदी अवशेष’ आंउंदै

मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिकाको अर्को उपन्यास ‘द्रौपदी अवशेष’ वजारमा आउन लागेको छ ।

उपन्यास योगमायावाट मदन पुरस्कार जितेकी साहित्यकार कार्कीले ‘द्रौपदी अवशेष’मा महाभारतकी एक सशक्त पात्र द्रौपदीलाई केन्द्रमा राखेर लेखेको अनुमान गर्न सकिन्छ जसरी साहित्यकार कृष्ण धरावासीले ‘राधा’ उपन्यास लेखेका थिए ।

‘द्रौपदी अवशेष’ लाई सांग्रिला वुक्सले प्रकाशन गरेको छ र यो उपन्यासलाई वर्षको अन्तिम प्रकाशन समेत भनेको छ । आफुले लेख्न लागेको कृतिको विषयमा गहिरो अध्ययन गर्ने साहित्यकार निलमका कथा र उपन्यासलाई पाठकहरुले निकै मन पराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्