३५ डलरलमा किनेको चिनिया कचौरा ७ लाख डलरमा विक्री

कनेक्टिकटको न्यु हेवनमा गत वर्ष यार्डसेल (घरको आगनमा राखेर आफुलाई आवश्यक नभएका सामान वेच्ने प्रक्रिया) मा एक व्यक्तिले ३५ डलरमा किनेको कचौरा ७ लाख २१ हजार ८ सय डलरमा लिलामीमा विक्री भएको छ ।

पन्ध्रौ शताव्दीको यो असाधारण दुर्लभ प्राचिन कचौरा ५ लाख डलरमा विक्ने अनुमान गरिएको भए पनि सात लाखभन्दा वढी डलरमा विक्री भएको हो । नीलो र सेतो फुलको चित्रले सजिएको कचौरालाई यार्ड सेलमा किनेपछि ती व्यक्तिले तुरुन्तै लिलामी विशेषज्ञलाई तस्विर पठाएका थिए र यसको वारेमा खोजी सुरु भएको थियो ।

न्युयोर्कमा रहेका लीलामीकर्ताले विक्रेताको पहिचान खुलाएका छैनन तर उनले यो कचौरा १५ औं शताव्दीको मींग राजवंशको लागि कुंदिएको पत्ता लगाएका थिए जसले यसको वजार मूल्य खरिदमूल्य भन्दा २९ हजार गुणा वढी वनाएको थियो ।

चिनिया कला विभागकी प्रमुख एन्जेला म्याकेटर यो पुरातात्विक कचौरा कसरी यार्ड सेलमा पुग्यो भन्ने ‘निराशाजनक रहस्य’ रहेको टिप्पणी गरेकी छिन् । यस्ता कचौरा विश्वमा केवल ६ वटा मात्रै भेटिएको वताएकी छिन् जुन योंगल इम्पेररको पालामा कुंदिएको थियो जसले सन् १४०३ देखि १४२४ सम्म शासन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्