पूर्व राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सुरु गर्ने

ट्वीटर लगायतका सामाजिक सञ्जालहरुले सदाका लागि आफ्नो एकाउन्टमा वन्देज लगाइदिएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अव आफ्नै सामाजिक सञ्जाल सुरु गर्ने भएका छन् ।

ट्रम्पका लामो समयदेखिका सल्लाहकार जेसन मिलरले फक्स न्युजसंग भनेका छन्, ट्रम्प अव ‘खेललाई पुरै पुनभार्षित गर्ने गरी’ केही महिनामा नै आउंदैछन् ।

ट्रम्पका समर्थकहरुले अमेरिकी संसदभवनमा आक्रमण गरेको दिन जनवरी ६ देखि नै ट्वीटर र फेसवुकले ट्रम्पको एकाउन्टमा वन्देज लगाइदिएका थिए ।

फक्स न्युजको मेडिया वज कार्यक्रममा मिलरले भने, ‘केही महिनामा नै ट्रम्पको आफ्नै सोसियल मेडिया आउंदैछ ।’

सल्लाहकार मिलरले ट्रम्पको आफ्नै सामाजिक सञ्जाल नआउन्जेल उनी अरुका सामाजिक सञ्जालमा नआउने पनि प्रष्ट पारे ।

ट्वीटरमा सर्वाधिक फलोअर भएका ट्रम्पलाई प्रतिवन्ध लगाइनु अगाडि ट्वीटर वाहेक अरु मेडिया नै नचाहिने अवस्था थियो तर अहिले उनीसंग आफ्नो आवाज सार्वजनिक गर्ने कुनै सञ्चार सामाजिक सञ्जाल छैन तथापि उनको युट्युव च्यानललाई भने हालै प्रतिवन्धवाट मुक्त गरिएको छ ।

‘ट्रम्पले खेललाई पुरै पुनर्भाषित गरिदिनेछन् र दुनियांको आंखा ट्रम्पले के गर्छन भन्नेमा नै केन्द्रित छ’, मिलरले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्