रविनहुडले क्रिप्टोको कारोवार हेर्न थप कर्मचारी नियुक्त गर्ने

मोवाइल एपमार्फत शेयर कारोवारका लागि अमेरिकाका युवावर्गमा लोकप्रिय रहेको रविनहुडले व्यापक रुपमा कर्मचारी थप गर्ने तयारी गरेको छ ।

क्रिप्टो करेन्सीको सेयर वजारमा यो वर्ष उछाल आउने विश्लेषण गर्दै रविनहुडले कर्मचारीहरु थप गर्न लागेको यसका प्रमुख कार्यकारी अधिकृत भ्लाड टेनिभले जानकारी दिएका छन् ।

क्रिप्टो करेन्सीको मूल्यमा लगातार वृद्धि भइरहेको र ठुलठुला औद्योगिक कम्पनीले पनि क्रिप्टो करेन्सी किन्न लागेपछि यसलाई छुट्टै इकाइको रुपमा विकास गर्न रविनहुडले कर्मचारी थप गर्न लागेको हो । रविनहुडले यसको लागि कति कर्मचारी थप गर्ने भन्ने प्रष्ट पारेको छैन ।

अहिले रविनहुडमार्फत विटक्वाइन, विटक्वाइन क्यास, विटक्वाइन एसभी, इथेरियम, इथेरियम क्लासिक, र डजक्वाइन खरिद गर्न सकिन्छ ।

रविनहुडले भविश्यमा अरु क्रिप्टो करेन्सी पनि थप गर्ने वताएको छ ।

प्रतिक्रिया दिनुहोस्