मार्सी वियरको पैसामा दीपाश्रीको ‘धनियाके होली’ (भिडियो)

विवादको घेरामा परिरहने दुर्गा प्रसाइको लगानीमा खुलेको मार्सी वियरको प्रचारको लागि दीपकराज गिरी र दीपाश्री निरौलाले होलीको गीत ‘धनीयाके होली’ सार्वजनिक गरेका छन् ।

आफ्नो निवासमा तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निवासमा वोलाएर मार्सी चामलको भात खुवाएपछि चर्चामा आएका दुर्गा प्रसाइले सोही मार्सी चामलको नाममा वियर उद्योग सुरु गरेका हुन् ।

मार्सी वियरले पैसा दिएर तयार गरिएको होली गीत ‘धनियांके होली’ मा दीपाश्री निरौला, दीपकराज गिरी, किरण केसी, केदार घिमिरे (माग्ने वुढा), शिवहरी पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुंवर र सुमन गिरीले अभिनय गरेका छन् ।

सुमित खड्का र दीपाश्री निरौलाले गाएको गीत दीपनारायण राजवंशीले लेखेका हुन् भने संगीत निरज श्रेष्ठले दिएका छन् ।

दुइ दर्जन नृत्यकारहरुलाई कोरसमा प्रयोग गरिएको गीतका शव्द नेपाल र मैथिली मिश्रित छन्, जसलाई धेरैले सकारात्मक भनेका छन् ।

दीपक दीपाले मुख्य प्रायोजक मार्सी वियरलाई गीतको दृश्यमा समेत प्रयोग गरेको भने उचित मान्न नसकिएला ।

प्रतिक्रिया दिनुहोस्