धुर्मुस सुन्तलीको ‘ओ हो मेरो परान’ (भिडियो)

काठमाडौं । सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली) अभिनित चलचित्र ‘म त मर्छु कि क्या हो’ को ‘ओ हो मेरो परान’ शीर्षक गीत सार्वजनिक भएको छ।

यो चलचित्र कुन प्लेटफर्ममा रिलिज हुन्छ भन्ने अहिलेसम्म भन्ने नवताए पनि गीत भने सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतको सुरुमा धुर्मुस ट्राफिक ड्रेसमा छन् भने सुन्तलीलाई गाऊले युवतीको रुपमा देखाइएको छ । सुरुवातमा ट्राफिक पोशाकमा देखिएको धुर्मुस केही क्षणमा नै आफ्नो वास्तविक धुर्मुसको रुपमा फर्किएर वदमासी सुरु गरिहाल्छन् ।

रचना रिमाल र भक्त प्रधानले गाएको यो गीतको छायांकन चितवनको आसपासमा गरिएको छ जहां धुर्मुस सुन्तली अन्तराष्ट्रिय क्रिकेट रंगशाला वनाउंदैछन् ।

गीतमा धुर्मुस र सुन्तलीसंगै सुशिला थापालाई पनि फिचर गरिएको छ जहां धुर्मुसले गाऊका दुइवटी युवतीलाई लाइन मारिरहेका छन् ।

लोकराज अधिकारीले लेखेको गीतलाई राजेन्द्र वजगाइले संगीत दिएका छन् । गीतलाई दृश्यमा उतार्न क्यामेरामेन सुदिप वरालले मेहनत गरेका छन् भने निर्देशन स्वयम् धुर्मुस सुन्तलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्