आइआरएसले पठाएको १४ सय डलर वैंक खातामा जम्मा

कोराना उद्धार योजना अन्तर्गत वाइडेन प्रशासनले पठाएको १४ सय डलरको चेक अधिकांस अमेरिकी नागरिकको खातामा जम्मा भएको छ । आइआरएसमार्फत वैंक खातामा जम्मा गरिदिएको रकम मंगलवार मध्यरातपछि वैंक खातामा देखिन थालेको हो ।

ट्याक्स फाइल गर्दा वैंक एकाउन्ट दिएका व्यक्तिहरुको वैंकमा जम्मा हुने सो रकम वैंक खाता नदिएका व्यक्तिहरुको सम्वन्धमा भने मेलवाट चेक घरमा नै आउने छ । आइआरएसले पैसा जम्मा गर्ने क्रम गत शुक्रवारवाट नै गरेको भएपनि वीचमा सप्ताहन्त परेकोले मंगलवार रातिवाट मात्रै पैसा खातामा देखिन थालेको थियो । पैसा खातामा आइपुग्न ढिला हुंदा धेरै अमेरिकी नागरिकहरुले वैंकिंग प्रणालीप्रति आक्रोस व्यक्त गरेका थिए ।

अझैसम्म पनि राहत प्याकेज अन्तर्गतको रकम प्राप्त नगर्नेहरुले आइआरएसको वेव साइटमा गएर आफ्नो व्यक्तिगत विवरण हालेर रकम कहिले जम्मा हुन्छ, कुन विधिवाट जम्मा हुन्छ भन्ने चेक गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्