आमिर खानले सवै सोसियल मेडिया नचलाउने

वलिउडमा मिष्टर पर्फेक्सनिष्टको रुपमा चिनिने अभिनेता आमिर खानले अव कुनै पनि सामाजिक सञ्जाल नचलाउने वताएका घोषणा गरेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्चालमार्फत धेरै शुभकामना प्राप्त गरेका आमिरले काममा ध्यान दिनका लागि नै सामाजिक सञ्जाल नचलाउने निर्णय लिएका हुन् ।

आमिरले आफुलाई फेरी पनि कलाप्रति नै समर्पित राख्नका लागि यो निर्णय लिएको वताएका छन् ।

उनले यसअघि नै आफ्नो अर्को चलचित्र लालसिंह चड्डा रिलिज नहुन्जेलसम्मका लागि फोन वन्द राख्ने निर्णय लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्