चलचित्र मारुनीलाई युट्युवमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । नवल नेपाल निर्देशित चलचित्र मारुनीले युट्युवमा निकै प्रसंसा पाइरहेको छ । दुइ दिन अगाडि मात्रै युट्युवमा सार्वजनिक पुष्प खड्का र साम्राज्ञी आरएल शाह अभिनित चलचित्रलाई १५ लाख दर्शकले हेरिसकेका छन् ।

वुढासुव्वा डिजिटल युट्युव च्यानलवाट सार्वजनिक गरिएको यो चलचित्रलाई ४७ हजार मानिसले लाइक गरेका छन् भने २ हजार ५ सय मानिसले डिस्लाइक गरेका छन् । दर्शक तथा समीक्षक दुवैले मन पराएको यो चलचित्र गत भदौमा प्रदर्शनमा आएको थियो ।

पुनम इन्टरटेन्मेन्टको व्यानरमा वनेको यो चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन् । चलचित्र हेरेर २ हजार ५ सय भन्दा वढी दर्शकले सकारात्मक टिप्पणी गर्दै पुष्प र साम्राज्ञीको कामको प्रसंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्