नेफ्टा अवार्डमा छक्का पञ्जा-३ को वर्चश्व

काठमाडौं । दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र छक्का पञ्जा-३ ले शनिवार सम्पन्न नेफ्टा फिल्म अवार्डमा चलचित्र, निर्देशक, कथा, पटकथा, हांस्य अभिनेता सहितका ६ वटा महत्वपूर्ण विधामा जित हासिल गरेको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा भएको नेफ्टा दशौं फिल्म अवार्डमा २०७५ सालमा प्रदर्शन भएका फिल्मलाई पुरस्कृत गरिएको हो ।

समीक्षा र व्यापारको दुवै दृष्टिवाट सफल यो हांस्य सामाजिक चलचित्रवाट उत्कृष्ट निर्देशकको पुरस्कार दीपाश्री निरौलाले लिइन । यही चलचित्रवाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधामा पुरस्कार प्राप्त गरे ।

छक्का पञ्जा ३ वाट नै हांस्यकलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा)ले उत्कृष्ट हांस्य कलाकारको पुरस्कार प्राप्त गरे ।

चलचित्र प्रसादवाट बिपिन कार्की सर्वोत्कृष्ट अभिनेता घोषित भए भने चलचित्र साइलीवाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरिन ।

कलाकारहरुको निकै राम्रो उपस्थिति रहेको समारोहमा साम्राज्ञी आरएल शाह र अनमोल केसी क्रमशः लोकप्रिय अभिनेत्री र अभिनेताको पुरस्कार प्राप्त गरे ।

चलचित्र प्रसादले संगीतका चारै विधासहित सर्वोत्कृष्ट संवादमा पनि पुरस्कार प्राप्त गर्यो ।

पुरस्कृत कलाकार तथा चलचित्रलाई उपराष्ट्रपति पुनले ट्रफी प्रदान गरेका थिए । समारोहमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई दीर्घ साधना सम्मान नगद ५१ हजार १११ रुपैयाँ र ताम्रापत्र उपराष्ट्रपति पुनले हस्तान्तरण गरे ।

विजयी सूचि :

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३

कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि

अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)

प्रतिक्रिया दिनुहोस्