घुम्ती साहित्य महोत्सवमा सेतो धरतीको विशेष संस्करण

उपन्यासकार अमर न्यौपानेको कृति सेतो धरतीको विशेष संस्करण निस्किएको छ ।

प्रकाशन संस्था फाइन प्रिन्टले फागुन २८ र २९ गते हर्कपुर गैंडाकोटमा आयोजना गर्न लागेको घुम्ती साहित्य महोत्सवलाई मध्यनजर गरेर विशेष संस्करण प्रकाशन गर्न लागेको हो ।

फाइन प्रिन्ट फिभर घुम्ती साहित्य महोत्सव नाम दिएको सो कार्यक्रममा अमर न्यौपानेको अलावा लेखकहरु असीम सागर, जीवा लामिछाने, देवेन्द्रराज पाण्डे, निरञ्जन कुंवर, डा. वावुराम भट्टराई, मनिषा कोइराला, मुराहरि पराजुली, रविन्द्र मिश्र, राजिव उपाध्याय र सुरेश वरालको उपस्थिति रहने छ ।

प्रवेशका लागि कुनै शुल्क नतोकिएको सो महोत्सवमा आउनका लागि सटल वसको व्यवस्था गरिएको छ भने पुस्तकहरु समेत छुटमा विक्री हुने भएका छन् ।

महोत्सवमा उपन्यासकार न्यौपानेले सेतो धरतीको एक दशक शीर्षकमा आफ्ना विचार व्यक्त गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्