दीपकराजले ‘एनिभर्सरी’ मा पत्नीका लागि लेखेको कविता

कलाकार दीपकराज गिरीले विवाह गरेको नै ३४ वर्ष पुरा भएछ । अझै पनि चलचित्रमा नायकको रुपमा अभियन गरिरहेका गिरीको उमेर कति पुग्यो होला ? त्यतापटी नजाऔं । आज उनले एनिभर्सरीमा पत्नीका लागि एउटा प्यारोडी शैलीको कविता लेखेका छन् । ह्याप्पी एनिभर्सरी ।

कति कुरा नभनेर नै मीठा मीठा होलान
तर कति कुरा भनिएन भने तीता हुन सक्छन

तिमीले मलाई पायौ, केबल मलाई मात्रै पायौ
अनियन्त्रित एक सवारीलाई सही बाटोमा ल्यायौ
मेरा खुशीलाई आफ्नै खुसी ठान्यौ, मेरा दुखमा धेरै ऑशु झार्यौ

तिमीलाइ के भनौ, कसरी भनौ ,तिमी छौ कस्तो
आफै खर्चिएर लाई उज्यालो दिने, मैनवत्ती जस्तो
३४ बर्ष पुगेछ संगसंगै हिडेको

कांही डग्मगाउन दिइनौ सम्हालेर ल्यायौ,
थाहा छैन बदलामा तिमीले के पायौ

मलाई नसोध मेरो ३४ बर्ष कस्तो भो
एक सुख्खा बृक्षले पानी पाए जस्तो भो ।।

प्रतिक्रिया दिनुहोस्