र्‍यापर चकी ट्रिलको गोली हानी हत्या

टेक्सासवाट चर्चाको शिखरतर्फ उक्लिदै गरेका र्‍यापर कोरी डिटिजको जर्जियामा गोली हानी हत्या गरिएको छ । उनलाई मञ्चमा चकी ट्रिलको नामले चिनिन्थ्यो ।

जर्जियाको इन्टरस्टेट ८५ को ग्रामिण इलाकामा गोली लाग्दा उनको निधन भएको प्रहरी अधिकारीले शनिवार जानकारी दिएका छन् ।

प्रहरी विभागका प्रवक्ता कोलिन फ्लिनका अनुसार अपराधीले उनको गाडी नजिकै आएर करिव बिहान ३ बजे शुक्रवार गोली हानेको थियो । ३३ वर्षीय डिटिजमाथि गोली प्रहार गर्ने अपराधी अझैसम्म पक्राउ परेको छैन ।

प्रतिक्रिया दिनुहोस्