इलन मस्कले हप्तादिनमा गुमाए २७ विलियन डलर

सर्वाधिक चांडो सम्पत्तिमा वृद्धि गरेर विश्वको सर्वाधिक धनी वन्न पुगेका इलन मस्कले सम्पत्ति गुमाउने क्रम पनि उत्तिकै तीव्र भएको छ ।

इलन मस्कले यो साता मात्रै २७ विलियन डलर गुमाएका छन् तथापि अझै पनि विश्वको दोश्रो धनी व्यक्तिमा कायम रहेका छन् । विद्युतीय कार टेस्लाको सेयर वजारमा व्यापक गिरावट आएको कारण इलनको सम्पत्तिमा ह्रास आउन थालेको हो ।

अमेरिकी सेयर वजार ओरोलो लागिरहेको वेला उनलाई नम्वर १ वाट हटाएर सो स्थान कव्जा गर्ने एमाजोनका मालिक जेफ वेजोसको एमाजोनको पनि सेयरमा गिरावट त आएको छ तर टेस्ला कारको जति गिरावट छैन ।

क्रिप्टो करेन्सी डज क्वाइनको ट्वीटमार्फत लगातार प्रवद्र्धन र सेयर मुल्य वृद्धि गराउंदै आएका इलन मस्कको टेस्ला कम्पनीले अन्तत १ दशमलव ५ विलियन डलरको विटक्वाइन किनेको सार्वजनिक भएपछि विटक्वाइनको मूल्य आकासिएको थियो । टेस्लाले विटक्वाइन खरिद मात्रै गरेन, यसले विटक्वाइन प्रयोग गरेर टेस्ला कार किन्न सक्ने घोषणा समेत गर्यो भने माष्टर कार्ड, ट्वीटर, स्क्वायर जस्ता कम्पनीहरुले क्रिप्टो करेन्सीको प्रवद्र्धनमा सहायक अभिव्यक्ति दिए ।

विटक्वाइनको सेयर मूल्य वृद्धि भइरहेको समयमा मस्कले अर्को ट्वीट गरे जहांवाट टेस्लाको सेयर मूल्यमा गिरावट आयो । इलनले विटक्वाइनको जसरी मूल्य वढिरहेको छ, त्यसरी वढ्न आवश्यक नभएको ट्वीट गरेका थिए, जुन उनलाई घातक भएको छ ।

टेस्लामा लामो समय देखि लगानी गरिरहेका रोन व्यारोनले १७ लाख सेयर वेचेको समाचार सार्वजनिक भएपछि शुक्रवार मात्रै पनि सेयर धेरै तल झर्न गयो । गत वर्ष ५ लाख गाडी वेचेको टेस्लाले वर्षको अन्तसम्ममा प्रतिसेयर १२ सय डलर नाघ्ने अपेक्षा गरेकोमा कोरोना महामारीको कारण सेमिकण्डक्टर चिप्सको अभाव हुनु, थुप्रै गाडीहरुमा समस्या आएकोले मर्मतका लागि फिर्ता वोलाउनु, क्रिप्टो करेन्सीका सम्वन्धमा मस्कले गरेका ट्वीटहरु आत्मघाती हुनु जस्ता कारण सेयरमा ह्रास आइरहेको छ, फेरी गति लिन केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्