नेपालको पहिलो वैंकमा खुल्यो २०० जनालाई स्थायी रोजगारी

काठमाडौं । नेपालको पहिलो वैंक नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि स्थायी जागिर खुलेको छ।

नेपाल वैंक लिमिटेडले आज आवश्यकता सम्वन्धी विज्ञापन सरकार पत्रिका गोरखापत्रमार्फत सार्वजनिक गरेको हो । वैंकमा काम गर्न इच्छुकहरुले आजवाटै अनलाइनमार्फत दरखास्त फारम भर्न सक्नेछन् । फारम भर्ने अन्तिम मिति चैत १२ गतेसम्म रहेको छ ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।

तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट दरखास्त फारम भर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्