चर्चित गायक राज सिग्देलको ‘देउता’ (भिडियो सहित)

नेपालका गजल गायकहरुमा शीर्ष स्थानमा रहेका गायक राज सिग्देलले नयां गीत सार्वजनिक गरेका छन् । गायक सिग्देलको आफ्नै व्यक्तिगत युट्युव पेजवाट सार्वजनिक गरिएको देउता वोलको गीतमा अभिनय समेत राज आफैंले गरेका छन् ।

सगोत्री आचार्यले लेखेको गीतलाई राजका संगीत गुरु चण्डीप्रसाद काफ्लेले संगीत दिएका छन् ।

किरण कंडेलले एरेन्ज गरेको गीतको भिडियो निर्देशन भने अनुप चापागाइले गरेका छन् । सिनेम्याटोग्राफर वुद्ध थापाको कामलाई विकास दाहालले निकै राम्रोसंग सम्पादन गरिदिएका छन् ।

गीत र भिडियोलाई दर्शकहरुले निकै मन पराएर टिप्पणीहरु लेखेका छन् ।

भिडियोमा राजलाई दुइवटा स्वरुपमा देख्न सकिन्छ । एउटा असल र एउटा खराव पात्रको रुपमा । हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस्