टेस्लाका लगानीकर्ता रोन व्यारोनले वेचे १७ लाख सेयर

विद्युतीय कार उत्पादक टेस्लाका एक प्रमुख लगानीकर्ता रोन व्यारोनले हालै ८० लाख सेयरमध्ये १७ लाख सेयर वेचेका छन् ।

टेस्लाको मुल्य घटवढ भइरहेको समयमा उनले ४५० देखि ९०० डलरको वीचमा सेयर वेचेका हुन् । सो सेयर वेच्दा आफुलाई निकै चित्त दुखेको व्यारोनले सीएनवीसी टेलिभिजनलाई वताएका छन् । एक दशकभित्र टेस्लाको प्रति सेयर मुल्य २ हजार डलर पुग्ने विश्वास आफुलाई भएपनि अहिले सरदरमा प्रति सेयर ६६६ डलरमा वेचेको हुन् ।

टेस्लाको पछिल्लो हप्तामा सेयरवजारमा गिरावट आइरहेको छ, जसले प्रमुख लगानीकर्ताहरुलाई अलिकति चिन्तित पनि गराएको छ ।

टेस्लाका धेरै गाडीहरुमा समस्या आएको कारण फिर्ता गर्नुपरेको, गाडी उत्पादनका लागि आवश्यक चिप्सको अभाव रहेको र टेस्लाले भविश्य सुनिश्चित नभएको विटक्वीनमा १.५ विलियन लगानी गरेको जस्ता कारण टेस्लाको सेयरमा गिरावट आएको छ जसले टेस्लाका मालिक इलन मस्कलाई विश्वको पहिलो धनीवाट दोश्रो स्थानमा झारिदिएको छ ।

सन् २०१४ मा रोन व्यारोनको व्यारोन क्यापिटलले टेस्लामा ३८७ मिलियन लगानी गरेकोमा सो लगानी अहिले फेव्रुअरीमा आइपुग्दा ५.५ विलियन डलर हुन पुगेको छ । न्युयोर्कमा प्रधान कार्यालय रहेको व्यारोन क्यापिटलको अहिले सम्पति ४५ विलियन डलर जति रहेको छ ।

गत वर्ष ५ लाख कार वेच्न सफल भएको टेस्लाले केही वर्षमा नै प्रतिवर्ष २ करोड कार वेच्न सक्ने व्यारोनको विश्वास छ ।

व्यारोनले टेस्लाको प्रतिश्पर्धी गाडी उत्पादक कम्पनी रिभियनमा समेत लगानी गरेका छन् जसमा एमाजोन, जेनरल मोटर्स जस्ता कम्पनीको लगानी छ । रिभियनले विद्युतीय ट्रक, एसयुभी र क्रुज निर्माण गर्न गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्