अस्पतालवाट डिस्चार्ज भएपछि कृष्ण धरावासी करिया पढ्दै

वरिष्ठ साहित्यकार कृष्ण धरावासी प्रोष्टेटको शल्यक्रिया गरेर अस्पतालवाट डिस्चार्ज भएका छन् । उनी प्रोष्टेटको उपचारका लागि काठमाडौंको चिरायु अस्पताल भर्ना भएका थिए ।

राधा, झोला, आधा वाटो लगायतका दर्जनौ चर्चित साहित्यिक कृतिका सर्जक धरावासी आफैंले काठमाडौको चिरायु अस्पतालमा भर्ना भएको तस्विर सार्वजनिक गरेका थिए ।

केही समय अमेरिकामा वसोवास गर्ने क्रममा नियाग्रा फल्स, तल्लोवाटो जस्ता कृति सिर्जना गरेर धरावासी सधैका लागि नेपाल फर्किएका थिए ।

अस्पतालवाट फर्किएपछि यो पुस्तक पढिरहेको छु र यसले निकै तानिरहेको छ, धरावासीले कृष्ण अविरलले लेखेको करिया उपन्यासको तस्विर हाल्दै फेसवुकमा लेखेका छन् ।

नेपाल तस्विर वरिष्ठ साहित्यकार धरावासीको शीघ्र स्वास्थलाभको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्