चीनका सर्वाधिक धनाड्य ज्याक मा ओरालो लागेर चौथो स्थानमा

चीनमा सवैभन्दा वढी सम्पत्ति भएका ज्याक मालाई त्यहांको सरकारले कुदृष्टि लगाएकै कारण ओरालो लागेर अहिले चौथो स्थानमा पुगेका छन् । रोयटर्सका अनुसार, अनलाइन व्यापारिक प्रतिष्ठान अलिवावाका संस्थापक ज्याक माले सुरु गर्न लागेको नसुचना प्रविधिसम्वन्धित नयां व्यवसायलाई चिनिया सरकारले स्टक मार्केटमा आउन नदिएको कारण उनी ओरालो लागेका हुन् ।

पछिल्लो समयमा ज्याक माले चिनिया सरकारको नीतिको आलोचना गर्दै आएका थिए, जसकारण चीन सरकार उनीप्रति अनुदार भएको हो ।

ज्याक मा ओरालो लागेपछि नुङ फु स्प्रिङ वाटरका मालिक झोङ सानसान अहिले सर्वाधिक धनी स्थानमा उक्लिएको हुरुन ग्लोवल रिच लिष्टले उल्लेख गरेको छ । अहिले सर्वाधिक धनीको सुचिमा उक्लिएका सानसान भ्याक्सिन उत्पादक वान्टाइ वायोलोजिकल फार्मेसीका प्रमुख लगानीकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्