चिसो मान्छेको छायांकन सुरु

पशुपति प्रसाद, आमा जस्ता सफल चलचित्र वनाएका निर्देशक दीपेन्द्र के खनालको नयां चलचित्र ‘चिसो मान्छे’को छायाँकन सुरु भएको छ ।

ललितपुरको महालक्ष्मी मन्दिरमा शुभ साइत गरिएको चलचित्र आगामी वर्षको भदौ महिनामा प्रदर्शन गर्ने निर्देशक खनालले जानकारी दिएका छन् ।

यो चलचित्रको निर्माणमा पनि अघिल्लो चलचित्र आमाकी निर्मात्री शर्मिला पाण्ड जोडिएकी छिन् ।

स्वस्तिमा खड्का, अर्पण थापाको मुख्य भूमिका रहने फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको अभिनय रहनेछ । नायिका खड्का यो चलचित्रको सुटिङ सिध्याएपछि साउथ इण्डियन चलचित्र थिरिमालीमा जोडिने छिन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको आतिथ्यमा भएको शुभमुहर्तमा निर्देशक खनालले यो चलचित्र काठमाडौदेखि वाजुरासम्म खिचिने जानकारी दिएक थिए ।

प्रतिक्रिया दिनुहोस्