चीनमा एप्पलको कमाइमा छलाङ

न्युयोर्क । आइफोन उत्पादक एप्पल कम्पनीले यो वर्ष चीनवाट हुने कमाइमा छलाङ मारेको छ । समाचार एजेन्सीहरुका अनुसार सन् २०२० को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय व्पायार वढेको थियो ।

सीएनएनका अनुसार, अघिल्लो वर्षको सोही समयको भन्दा यसपटक ५७ प्रतिशतले व्यापारमा वृद्धि भएको थियो जुन श्रेय आइफोन १२ लाई दिइएको छ जुन कारणले कमाइ २१ विलियन डलर नाघेको छ । तज्यांकहरुका अनुसार, एप्पलको पुरै कमाइको २० प्रतिशत चीनवाट आउने गर्छ ।

आइफोन उत्पादकलाई सधै यस्तो सफलता भने प्राप्त हुंदैन । सन् २०१८ चीनमा आइफोनको व्यापार अपेक्षा गरेभन्दा निकै कम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्