‘गंगुवाइ काठियावाडी’ को चर्चा उधुम

अभिनेत्री आलिया भट्टले अभिनय गरेको फिल्म ‘गंगुवाइ काठियावाडी’ को टीजर रिलिज हुनासाथ यसको उधुम चर्चा सुरु भएको छ । वलिउडका सफल निर्देशक निर्देशक सञ्जयलीला भञ्सालीले आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक गरेको टीजरमा आलियामात्रै छाएकी छिन् ।

नेपोटिज्मको कारण गतवर्ष निकै विवादमा तानिएकी आलियाको यो टीजरले पुन क्रेज फर्काइदिएको छ । टीजर रिलिज भएको केही दिनमा नै आलियाले फिल्मको एक पोष्टर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्, जुन भाइरल जस्तै भएको छ ।

पोष्टरप्रति आफ्ना फ्यानले निकै चासो व्यक्त गरेकोमा आलियाले ‘तपाईहरुले गंगुलाई निकै माया दिनुभयो । त्यसको लागि धन्यवाद’ लेखेकी छन् ।

पोष्टरमा सेतो साडीमा गंगुबाई बनेकी आलिया गाडीको अगाडि बसेर तस्बिर पोज दिएकी छन् । उनको साथमा एक पर्स देख्न सकिन्छ । फ्यानले आलियाको यो लुक्सलाई समेत मनपराएका छन् ।

जुलाइ ३० वाट प्रदर्शनमा आउने गंगुवाइ काठियावाडी हुसैन जैदीले लेखेको पुस्तक ‘द माफिया क्वीन अफ मुम्वइ’ मा आधारित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्