कवड्डीको अन्तिम भाग आउने


अभिनेता दयाहाङ राइले कवड्डी-४ को पोष्टर इन्ष्टाग्राममा हालेका छन् । उनले मात्रै होइन, यो फिल्मसंग जोडिएका धेरै कलाकारको फेसवुक र इन्ष्टामा यो पोष्टर देखिन्छ ।

सफल चलचित्रको सिक्वेल वनाएर पैसा कमाउने निर्माता निर्देशकको प्रचलनलाई गति दिन कवड्डी-४ वन्ने भएको हो । कवड्डीको तेस्रो सिरिज नै निकै कमजोर भएको भनी आलोचना खेपेका निर्देशक रामवावु गुरुङले अर्कै नाममा पनि चलचित्र वनाउन सक्थे तर व्रान्डिङ गर्न अलि असजिलो हुनसक्थ्यो ।

यो अन्तिम भाग हो, रामवावुले भनेका छन् । चलचित्र २०७८ सालभित्र प्रदर्शन हुनेछ । कलाकार को को दोहोरिन्छन् र को को नयां भित्रिन्छन् अझैसम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्