जन्मदिन र विवाह वर्षगांठ मनाउन प्रियंका मालदिभ्समा

नायिका प्रियंका कार्की आफ्नो जन्मदिन तथा विवाहको वर्षगांठ मनाउन पति आयुष्मान देसराज जोशीका साथ मालदिभ्स पुगिन । व्याचर पार्टी होस् वा वर्थ डे या अन्य पर्वहरु, सेलिव्रेसनका लागि प्रियंका सदैव अगाडि हुन्छिन् ।

कोरोना महामारीका कारण हनिमुन समेत जान नपाएको यो जोडीले मालदिभ्समा निकै रमाइलो गरेका तस्विरहरु प्रियंकाले इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् । करिव १० लाख मानिसहरुले पछ्याएको उनको इन्ष्टाग्राममा उनले निकै प्रेमिल क्षणहरुको तस्विर सार्वजनिक गरेकी छिन् ।

जन्मदिन र विवाहको वर्षगांठमा विशेष खुसी दिएको भन्दै प्रियंकाले आयुष्मानलाई धन्यवाद समेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्