इलन मस्क दोश्रो धनीमा झरे


संसारको सवैभन्दा धनी व्यक्तिमा पुन उक्लिएको केही दिनमा नै टेस्लाका मालिक इलन मस्क फेरी दोश्रो नम्वरमा झरेका छन् । यो पटक दोश्रोमा झर्नुको कारण भने उनले गरेको एउटा ट्वीट भएको विश्लेषकहरुले वताएका छन् ।

इलन मस्क पछिल्लो समय पटक पटक विवादित ट्वीट गरिरहेका छन् र उनीप्रति आक्रोस व्यक्त गर्ने समुह वढ्दै गएको छ । ट्वीटवाट लगातार डजक्वाइनको वकालत गरेर भाऊ वढाएका मस्कले एकाएक १.५ विलियन डलरको विटक्वीन खरिद गरिदिए । मस्कले विटक्वाइन खरिद गर्नासाथ आगामी दिनमा विटक्वाइनवाट पनि टेस्ला खरिद गर्न सकिने जानकारी गराए । टेस्लाले वीटक्वाइन खरिद गरेको केही दिनमा नै माष्टर कार्डले पनि वीटक्वाइनलाई पेमेन्ट मेथडको रुपमा स्वीकार गर्ने गरी तयारी थालेको वतायो भने ट्वीटरले समेत कर्मचारीहरुको तलव लगायतका खर्चमा वीटक्वाइन प्रयोग गर्न सकिने वतायो ।

वीटक्वाइनका पक्षमा आएका यी प्रमोशनल गतिविधिले विटक्वाइन र इथेरियम क्वाइनको मूल्य एकाएक आकासियो तर आइतवार मात्रै मस्कले वीटक्वाइन र इथेरियमको मूल्य आवश्यकता भन्दा वढी वढेको भन्दै ट्वीट गरे जसको प्रभाव टेस्लाको सेयरमा पर्यो । यो वर्ष ९०० डलरको उचाइमा पुगिसकेको टेस्लाको मूल्य एकाएक सोमवार स्टक मार्केट वन्द हुंदासम्ममा ७१० डलरमा झर्यो जसकारण मस्कले १५ विलियन डलर गुमाएर विश्वको दोश्रो धनीमा खुम्चिनुपर्यो भने पहिलो नम्वर पुन एमाजोनका मालिक जेफ वेजोस उक्लिए । यो वर्ष मस्क र वेजोसवीच पहिलो हुने प्रतिश्पर्धा चलिरहेको छ ।

व्लुलमवर्गका अनुसार अहिले मस्कसंग १८३.४ विलियन डलर रहेको छ भने वेजोससंग १८६.३ विलियन डलर रहेको छ । अहिले टेस्लाको मात्र होइन एम्यााजोनको पनि शेयर मूल्यमा गिरावट आएको छ तर तुलनात्मक रुपमा वढी टेस्लामा गिरावट आएको छ । टेस्लाको शेयरमा सुधार आउनासाथ मस्क फेरी पहिलो नम्वरमा चांडै फर्कन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्